Dhulikhel Eco Banner new

सत्तारुढ ठेकेदार सांसदको कम्पनी नै कालोसूचीमा

1.73K
shares

काठमाडौं, २२ साउन । नेपाली कांग्रेसका सांसदकै कम्पनी कालोसूचीमा परेको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको भिआइपी क्षेत्रका सडक निर्माणमा चरम लापर्बाही गरेको भन्दै सरकारले नेपाली कांग्रेसका सांसद एवं पूर्वराज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ को निर्माण कम्पनीलाई कारबाही गरेको हो ।

सरकारले काम गर्ने वातावरण हुँदाहुँदै काम अलपत्र पार्ने निर्माण कम्पनीको सूची नै जारी गरेको छ । सोहीबमोजिम कान्छारामको कम्पनी कारबाहीमा परेको हो । भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास निर्देशनालयले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कालो सूचीमा राख्न सिफारिस गरिसकेको छ । कालो सूचीमा परेपछि यो कम्पनीले उक्त अवधिसम्म कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा भाग लिन पाउने छैन ।