Dhulikhel Eco Banner new

सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा वुद्धि

2K
shares

काठमाडौं, ३० साउन । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ५३ करोड ७० लाख ९५ हजार रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा आर्थिक वर्षको तुलनामा ६.५१ प्रतिशतले बढी हो ।

अघिल्लो आर्थिक वर्षमा बैंकले ५० करोड ४२ लाख ८० हजार रुपैयाँ नाफा कमाएको थियो । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९० करोड रुपैयाँबाट सामान्य घटेर १ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्मको अवधिमा बैंकको सञ्चालन नाफा ७।७० प्रतिशतले बढेर ७५ करोड ३९ लाख ८९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको सञ्चालन नाफा ७० करोड रुपैयाँ रहेको थियो ।

बैंकको खराब कर्जा भने ३.९३ प्रतिशतबाट बढेर ५.६४ प्रतिशत पुगेको छ । बैंकको वितरणयोग्य नाफा १३ करोड १८ लाख ७८ हजार रुपैयाँबाट बढेर ४१ करोड ३८ लाख ४५ हजार रुपैयाँ पुराएको छ ।

यसअवधिमा बैंकको प्रतिशेयर आम्दानी १५.१० रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५६.७१ रुपैयाँ रहेको छ ।चौथो त्रैमाससम्ममा कम्पनीको चुक्तापूँजी ३ अर्ब ५५ करोड ६२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ६० करोड सञ्चिति छ ।