Dhulikhel Eco Banner new

सागर डिस्टिलरीको आईपीओ खुला

2.42K
shares

काठमाडौं, ३० भदौ । सागर डिस्टीलरी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) भदौ ३० गते सोमबारदेखि खुला गरेको छ। यसअघि भदौ २५ गतेदेखि आईपीओ खुला गर्ने भनिए पनि जेनजी प्रदर्शनका कारण प्रक्रिया स्थगित गरिएको थियो। कम्पनीले कुल ११ लाख ९० हजार ६४० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।

सागर डिस्टीलरीले ७२ करोड ६० लाख रुपैयाँ जारी पुँजीको २० प्रतिशत अर्थात् १४ लाख ५२ हजार कित्ता शेयर निष्कासन गर्न पाएको हो। यसमध्ये १० प्रतिशत सेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि छुट्याइएको थियो, जसको बाँडफाँट प्रक्रिया पूरा भइसकेको छ। यस्तै, सामूहिक लगानी कोषलाई ७२ हजार ६०० कित्ता र कम्पनीका कर्मचारीलाई ४३ हजार ५६० कित्ता शेयर सुरक्षित गरिएको छ।

अब सर्वसाधारण लगानीकर्ताका लागि ११ लाख ९० हजार ६४० कित्ता शेयर सार्वजनिक रूपमा खुला गरिएको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा यो सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

आईपीओमा छिटोमा असोज २ गतेसम्म र ढिलोमा असोज १३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। कम्पनीले शेयर निष्कासनमार्फत उत्पादन र व्यवसाय विस्तार गर्ने लक्ष्य लिएको छ