सुनको मूल्यमा सामान्य वृद्धि, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ भदौ ३० सोमवार १२:००
2.34K
shares
shares

काठमाडौं, ३० भदौ । स्थानीय बजारमा सोमवार सुनको मूल्य बढेको छ । सुनको मूल्य १ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतवार प्रतितोला २ लाख १५ हजार १ सयमा कारोबार भएको सुनको मुल्य सोमवार १ सयले बढेर प्रतितोला २ लाख १५ हजार २ सयमा कायम भएको हो ।
त्यस्तै, सोमवार चाँदीको मुल्य पनी ५ रुपैयाँले बढेको छ । आइतवार २ हजार ५७० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य सोमवार बढेर २ हजार ५ सय ७५ रुपैयाँ कायम भएको छ ।


















