सिटिजन्स क्यापिटलको १९ औं वार्षिक साधारण सभा सम्पन्न
वि.सं.२०८२ असोज २ बिहीवार १६:२०
shares

काठमाडौं, २ असोज । सिटिजन्स क्यापिटल लिमिटेडले आफ्नो १९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। कम्पनीको रजिष्ट्रड कार्यालय, बाटुलेघर, डिल्लीबजार, काठमाडौंमा २०८२ साल असोज २ गते सम्पन्न भएको उक्त सभामा आ.व. २०८१ ८२ को मुनाफाबाट १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ।
सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ आसार मसान्तसम्मको वासलात, नाफा नोक्सानी विवरण नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरु पारित गरिएका छन्। साथै, आगामी आर्थिक वर्ष २०८२ ८३ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक पनि निर्धारण गरिएको छ।
सिटिजन्स बैंकको सहायक कम्पनीको रूपमा स्थापित सिटिजन्स क्यापिटल लिमिटेडलाई नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोषको व्यवस्थापन, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, पोर्टफोलियो व्यवस्थापन, संस्थागत परामर्श सेवा, धितोपत्र प्रत्याभूतिकर्ता अन्डरराइटर, शेयर रजिष्ट्रार तथा डिम्याट खाता सम्बन्धी सेवाहरू प्रदान गर्ने अनुमति प्राप्त छ।
कम्पनीमा कर्मचारी सञ्चय कोष र विभिन्न प्रतिष्ठित उद्योगी तथा व्यवसायीहरूको सह–लगानी रहेको छ। अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ नेतृत्वमा रहेको सिटिजन्स क्यापिटलले काठमाडौं बाहिरका लगानीकर्ताहरुलाई समेत लक्षित गर्दै देशभर रहेका सिटिजन्स बैंकका शाखामार्फत पोर्टफोलियो व्यवस्थापन सेवा प्रदान गरिरहेको छ।
कम्पनीका अनुसार, पूँजी बजारमा प्रत्यक्ष सहभागी हुन कठिनाइ भएका लगानीकर्ताहरूलाई अनुभवी तथा विज्ञ व्यवस्थापन समूहमार्फत सहजीकरण गरिनेछ।



















