उच्च अंकले बढ्यो शेयर बजार, २३८ कम्पनीको शेयर मूल्यमा वृद्धि
वि.सं.२०८२ असोज ७ मंगलवार १५:२४
2.57K
shares
shares

काठमाडौं, ७ असोज । मंगलवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ५८.६३ अंकले बढेर २,६८२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २३८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ५ अर्ब २९ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा सप्तकोशी विकास बैंक र जोशी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी, प्रभु स्मार्ट फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ४.३० प्रतिशतका दरले गुमाएका हुन् ।

















