Dhulikhel Eco Banner new

उच्च अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

2.64K
shares

काठमाडौं, ७ असोज । मंगलवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ५८.६३ अंकले बढेर २,६८२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २३८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ५ अर्ब २९ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा सप्तकोशी विकास बैंक र जोशी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।

यसदिन ग्रिन विकास बैंक, नारायणी विकास बैंक र सिन्धु विकास बैंकका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।