शेयर बजारमा १४ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ असोज ७ मंगलवार १५:३८
shares

काठमाडौं, ७ असोज । मंगलवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ५८.६३ अंकले बढेर २,६८२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २३८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ५ अर्ब २९ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा प्रभु स्मार्ट फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ४.३० प्रतिशतका दरले गुमाएका हुन् ।
यसदिन एनआइबिएल स्टेबल फण्डका लगानीकर्ताले ३.६७ प्रतिशतका दरले गुमाएका छन् भने लक्ष्मि भ्यालु फण्डका लगानीकर्ताले ३.३२ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी, आइसिअफसि डिबेन्चरका लगानीकर्ताले ३.२४ प्रतिशतका दरले गुमाएका छन् भने हिमालयन ८०–२०का लगानीकर्ताले २.९७ प्रतिशतका दरले गुमाएका छन् ।

















