Dhulikhel Eco Banner new

दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकममा पनि गिरावट

2.93K
shares

काठमाडौं, ८ असोज । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २७.८९ अंकले घटेर २,६५४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन ४ अर्ब १२ करोडको कारोबार भएको हो ।

उच्च अंकले घटेको शेयर बजारमा माथिल्लो मैलुङखोला जलविद्युत र सिटी होटलका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ५.३८ प्रतिशतका दरले गुमाएका हुन् ।