राष्ट्रिय जीवन बीमा कम्पनीमा करार सेवामा कर्मचारी माग
वि.सं.२०८२ असोज २४ शुक्रवार १०:५१
shares

काठमाडौं, २४ असोज । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले करार सेवामा पदपूर्ति गर्नेगरी विभिन्न पदमा कर्मचारी माग गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै सहायक व्यवस्थापक तहका तीन विभिन्न पदमा कुल ७ जना कर्मचारी आवश्यक रहेको जानकारी दिएको हो।
कम्पनीले सहायक व्यवस्थापक चार्टर्ड एकाउन्टेन्ट, सहायक व्यवस्थापक एक्चुरी र सहायक सूचना प्रविधि अधिकृत पदमा योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरेको छ।
सूचनामा उल्लेख अनुसार, इच्छुक उम्मेदवारहरूले आजको मितिबाट ७ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। पदअनुसार आवश्यक शैक्षिक योग्यता, अनुभव र सीप तोकिएको छ, जुन कम्पनीको आधिकारिक वेबसाइट वा सूचनामा उल्लेख गरिएको विवरणमा हेर्न सकिनेछ।
राष्ट्रिय जीवन बीमा कम्पनीले सार्वजनिक सेवा प्रवाह सुदृढ बनाउन तथा प्रविधि र वित्तीय व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन योग्य जनशक्ति भर्ना प्रक्रिया अघि बढाएको जनाएको छ।



















