Dhulikhel Eco Banner new

अधिकांश वाणिज्य बैंकले घटाए निक्षेपको ब्याजदर, हेर्नुस् कुन बैंकको कति ?

3.25K
shares

काठमाडौं, ३१ असोज । वाणिज्य बैंकहरूले कात्तिक महिनाका लागि सार्वजनिक गरेको निक्षेप ब्याजदर अनुसार औसत अधिकतम ब्याजदर घटेको देखिएको छ। व्यक्तिगत निक्षेपमा असोजमा ५.४६ प्रतिशत रहेको औसत अधिकतम ब्याजदर कात्तिकमा ०.२६ प्रतिशतले घटेर ५.२० प्रतिशतमा झरेको छ।

त्यस्तै, संस्थागत निक्षेपमा असोजमा ३.८७ प्रतिशत रहेको औसत अधिकतम ब्याजदर पनि कात्तिकमा ०.२२ प्रतिशतले घटेर ३.६५ प्रतिशतमा झरेको छ।

हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूमध्ये व्यक्तिगत निक्षेपतर्फ १४ वटा बैंकले ब्याजदर घटाएका छन् भने ६ वटा बैंकले ब्याजदर यथावत् राखेका छन्।संस्थागत निक्षेपतर्फ १० वटा बैंकले ब्याजदर घटाएका छन् भने ९ वटा बैंकले स्थिर राखेका छन्।

कात्तिकका लागि माछापुच्छ्रे बैंक र एनएमबि बैंकले सबैभन्दा बढी, अर्थात् १ प्रतिशतले ब्याजदर घटाएका छन्। त्यसपछि नबिल बैंकले ०.५५ प्रतिशत, प्राइम कमर्सियल बैंकले ०.५० प्रतिशत, प्रभु बैंकले ०.४० प्रतिशत, सिटिजन, एभरेष्ट, लक्ष्मी सनराइज र एनआईसी एशिया बैंकले समान ०.२५ प्रतिशत, नेपाल एसबिआई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.१८ प्रतिशत, तथा कृषि बैंक र सानिमा बैंकले ०.१० प्रतिशतले ब्याजदर घटाएका छन्।

यता, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, कुमारी बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंकले असोज महिनाकै ब्याजदर कात्तिकमा पनि यथावत् राखेका छन्।

हेर्नुस् कुन बैंकको कति:

बैंक असोजको ब्याजदर प्रतिशतमा कात्तिकको ब्याजदर प्रतिशतमा
हिमालयन
ग्लोबल आइएमई
एनआईसी एसिया ५.७५
नेपाल ५.२५ ५.२५
सिटिजन ५.२५ ५.२५
नेपाल इन्भेष्टमेन्ट मेगा ५.२५ ५.२५
सानिमा ५.२५ ५.१५
राष्ट्रिय वाणिज्य ५.५ ५.५
सिद्धार्थ ५.५ ५.५
नबिल ५.५ ५.५
प्राइम कमर्सियल ५.५
एनएमबि
लक्ष्मी सनराइज ५.२५
स्ट्यान्डर्ड चार्टर्ड ५.१८
एभरेष्ट ५.२५
नेपाल एसबिआई ५.१८
माछापुच्छ्रे
कुमारी ५.०१ ५.०१
प्रभु ५.३५ ४.९५
कृषि विकास ५.०५ ४.९५