Dhulikhel Eco Banner new

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

2.38K
shares

काठमाडौं, १६ कात्तिक । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले शेयरधनीको स्वामित्वमा रहेको १४ हजार ६४६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

बैंकले हाल उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। सो शेयरकिन्न इच्छुक संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ।

तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीबाट निवेदन नपरेमा बाँकी शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख गरिएको छ।