उच्च अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि वृद्धि
वि.सं.२०८२ कात्तिक १६ आइतवार १५:१६
shares

काठमाडौं, १६ कात्तिक । आइतवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ३०.७५ अंकले बढेर २,६३१ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २०५ कम्पनीको शेयर मूल्य बढेको छ भने ४२ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ९ अर्ब २० करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा सामुदायिक लघुवित्त, गोर्खाज फाइनान्स, पञ्चकन्यामाई हाइड्रोपावर, पिपुल्स पावर र तेह्रथुम पावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ५ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी, खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ४.७६ प्रतिशतका दरले गुमाएका हुन् ।
















