Dhulikhel Eco Banner new

प्रतितोला १ हजार १ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.7K
shares

काठमाडौं, १९ कात्तिक । स्थानीय बजारमा बुधवार सुनको मुल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ हजार १ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलवार प्रतितोला २ लाख ३८ हजार ३ सयमा कारोबार भएको सुनको मुल्य बुधवार १ हजार १ सयले घटेर २ लाख ३७ हजार २ सय कायम भएको हो ।

त्यस्तै, बुधवार चाँदीको मुल्य पनि २५ रुपैयाँले घटेको छ । मंगलवार ३ हजार १५ रुपैयामा कारोबार भएको चाँदीको मुल्य बुधवार २ हजार ९९० रुपैयामा कायम भएको छ ।