Dhulikhel Eco Banner new

सिटिजन्स बैंकको १९औँ वार्षिक साधारणसभा मंसिर १२ गते

2.54K
shares

काठमाडौं, १९ कात्तिक । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो १९औं वार्षिक साधारणसभा आउँदो मंसिर १२ गते बस्ने भएको छ। बैंकको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।

साधारणसभा काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुने बैंकले जानकारी दिएको छ।

सभामा बैंकले शेयरधनीलाई वितरण गर्ने घोषणा गरिसकेको ५ प्रतिशत बोनस शेयर ९रू। ७३ करोड ८४ लाख ५० हजार० र ०।२६३ प्रतिशत नगद लाभांश (रू। ३ करोड ८८ लाख ६५ हजार, करसहित) पारित गर्ने प्रस्ताव रहनेछ।

त्यसका साथै सभाले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी उनको पारिश्रमिक निर्धारण गर्ने, साथै समूह ‘क’ का संस्थापक शेयरधनीको तर्फबाट एक जना र समूह ‘ख’ का सर्वसाधारण शेयरधनी तर्फबाट तीन जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

यसबाहेक बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि साधारणसभाको एजेन्डामा समावेश गरिएको छ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक १७ गते बुक क्लोज गरेको छ। त्यस अनुसार कात्तिक १६ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।