एसवाई प्यानलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
वि.सं.२०८२ कात्तिक २३ आइतवार १०:०६
shares

काठमाडौं, २३ कात्तिक । एसवाई प्यानल नेपाल लिमिटेडको सर्वसाधारणका लागि जारी गरिएको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)मा आवेदन दिने अवसर आज अन्तिम दिनसम्म मात्र उपलब्ध छ। कम्पनीले यस आईपीओलाई कात्तिक १९ गतेदेखि सर्वसाधारणका लागि खुला गरेको थियो।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएर प्रतिकित्ता १०० रुपैयाँ दरका ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्कासन गरिरहेको छ। यसअघि आयोजना प्रभावित समूहका लागि २ लाख ६१ हजार ६२७ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख ९७ हजार ९२ कित्ता आईपीओ वितरण भइसकेको छ।
अब कम्पनीले बाँकी शेयरमध्ये कर्मचारीका लागि १ लाख ४९ हजार १२७ कित्ता, सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता सुरक्षित गरी बाँकी रहेका ४० लाख ७६ हजार १५६ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गरेको हो।
लगानीकर्ताले यस आईपीओमा घटीमा १० कित्ता र बढीमा ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। तदनुसार न्यूनतम १ हजार रुपैयाँदेखि अधिकतम ५० लाख रुपैयाँसम्मको लगानी गर्न सकिन्छ। आवेदन आज बैंकिङ समयभित्र बुझाउनुपर्नेछ।
यस आईपीओलाई इक्रा नेपाल लिमिटेडले ‘इक्राएनपी–आईआर बीबीप्लस रेटिङ प्रदान गरेको छ, जसले कम्पनीले समयमै वित्तीय दायित्व पूरा गर्ने मध्यम सुनिश्चितता दर्शाउँछ। आईपीओको निष्कासन तथा बाँडफाँड व्यवस्थापनको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले गरेको छ।

















