Dhulikhel Eco Banner new

१०० रुपैयाँ न्यूनतम मूल्यमा सिटी होटलका हकप्रद शेयर लिलाम खुला

5.02K
shares

काठमाडौं, २३ कात्तिक । सिटी होटल लिमिटेडले अवितरित हकप्रद शेयरहरू लिलाम प्रक्रियामार्फत बिक्रीमा राखेको छ। इच्छुक लगानीकर्ताले आज कात्तिक २३ गतेदेखि बोलपत्र पेश गर्न सक्नेछन्।

होटलले यसअघि साउन २६ गतेसम्म कायम शेयरधनीहरूका लागि भदौ २३ देखि असोज २६ गतेसम्म हकप्रद शेयर बिक्री खुला गरेको थियो। उक्त अवधिभित्र बिक्री तथा बाँडफाँड सम्पन्न गर्दा बाँकी रहेका अवितरित शेयरहरू अहिले लिलाममा राखिएका हुन्।

लिलामीमा संस्थापक समूहतर्फका १९ लाख ८९ हजार ९९९ कित्ता, सर्वसाधारण समूहतर्फका (लकइनमा नरहेका) १ लाख ५४ हजार ३१९ कित्ता र कर्मचारीतर्फका ९लकइनमा रहेका० ६ हजार कित्ता गरी जम्मा २१ लाख ५० हजार ४१८ कित्ता हकप्रद शेयर बिक्रीमा आएका छन्। लकइन अवधि आउँदो जेठ ४ गते समाप्त हुनेछ।

होटलले यी शेयरहरू प्रतिकित्ता न्यूनतम १०० रुपैयाँका दरले बिक्रीमा राखेको छ। इच्छुक लगानीकर्ताले घटीमा १०० कित्तादेखि बढीमा सम्पूर्ण उपलब्ध कित्तासम्मका लागि बोलपत्र पेश गर्न सक्नेछन्। बोलपत्र कात्तिक ३० गतेभित्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

बोलपत्र फाराम प्रभु क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) को कमलादी, काठमाडौंस्थित कार्यालयमा तथा प्रभु बैंकका विराटनगर, हेटौंडा, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयहरूमा प्राप्त गर्न सकिनेछ।