ग्लोबल आइएमई लघुवित्तको नाफा ५३.६२ प्रतिशतले वृद्धि
वि.सं.२०८२ कात्तिक २७ बिहीवार ११:०७
shares

काठमाडौं, २७ कात्तिक । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड २१ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा गत आर्थिक वर्षको सोहि अवधीको तुलनामा ५३.६२ प्रतिशत बढि हो ।
गत आवको पहिलो त्रैमासमा ४ करोड ४ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । त्यसैगरी समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १३ करोड ७१ लाख ३५ हजार रुपैयाँबाट ६५.८४ प्रतिशतले बढेर २२ करोड ७४ लाख १९ हजार रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी १५ करोड ९४ लाख १२ हजार रुपैयाँबाट ५२.५३ प्रतिशतले बढेर २४ करोड ३१ लाख ५२ हजार रुपैयाँ पुगेको छ।
नाफा र आम्दानीमा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि २६.१६ रुपैयाँबाट बढेर ४०.१९ रुपैयाँ (वार्षिकीकरण) कायम भएको छ। यता खराब कर्जा ४.३५ प्रतिशतबाट घटेर ३.९१ प्रतिशतमा झरेको छ भने प्रतिशेयर नेटवर्थ २२०.०९ रुपैयाँ कायम भएको छ।
त्यसैगरी गत आवको असोज मसान्तसम्म ५ करोड ७८ लाख २४ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको यस कम्पनीले चालू आवको सोही अवधिमा ५३।८६ प्रतिशतको वृद्धि सहित ८ करोड ८९ लाख ६९ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ।
चुक्ता पूँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७४ करोड ३२ लाख ११ हजार रुपैयाँ सञ्चिति रहेको छ। कम्पनीले १० अर्ब ९ करोड २३ लाख ४४ हजार रुपैयाँ कर्जा प्रवाह गरी ३ अर्ब ६९ करोड ९४ लाख ८१ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ।















