शेयर बजारमा ७ अर्ब ८ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ मंसिर १४ आइतवार १५:३७
2.31K
shares
shares

काठमाडौं, १४ मंसिर । शेयर बजारमा ७ अर्ब ८ करोडको कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। उक्त २३ करोड ५ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन जोशी हाइड्रोपावरको २१ करोड ८१ लाख रुपैयाँ कारोबार भएको छ भने ग्रीन भेन्चरको २१ करोड ३५ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चरको २१ करोड २४ लाख रुपैयाँ कारोबार भएको छ भने नेपाल लाइफको १८ करोड ६५ लाख रुपैयाँ कारोबार भएको छ ।


















