Dhulikhel Eco Banner new

ङादी ग्रुप पावरको हकप्रद शेयर निष्काशन गर्न बुक क्लोज

6.16K
shares

काठमाडौं १२ असार । ङादी ग्रुप पावर लिमिटेडले १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि बुक क्लोज गर्ने भएको छ । कम्पनीले १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर निष्कासन गर्न असार २० गते बुक क्लोज गर्ने जानकारी दिएको हो ।

उक्त बुक क्लोजको आधारमा असार १९ गतेसम्म कायम शेयरधनीहरुले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी रू. ७० करोड ६९ लाखको १५० प्रतिशतले हुन आउने प्रतिकित्ता रू.१ सय अंकित दरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

हकप्रद शेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।