लघुवित्त क्षेत्र समस्यामा छ, मौद्रिक नीतिले उद्दार गरोस् (प्रकाशराज शर्माको विचार)
वि.सं.२०७९ असार १२ आइतवार ०९:००
shares

नेपाल राष्ट्र बैंकले यतिबेला आगाी आर्थिक वर्षको मौद्रिक नीतिको तयारी गरिरहेको छ । मौद्रिक नीतिमा हाम्रा केही सुझावहरु छन् । हाम्रा समस्याहरु समाधान हुने गरी मौद्रिक नीति आउनुपर्छ भन्ने हाम्रो अपेक्षा छ ।
अहिले वर्तमान अवस्थामा भने लगानी योग्य रकम (तरलता) को अभावको समस्या छ । यो समस्या कसरी हुनछ समाधान हुनुपर्छ । जहाँसम्म लघुवित्त क्षेत्रको समस्या छ, त्यो समस्यालाई पनि सम्वोधन हुने गरेर आउनुु पर्छ ।
विगत केही समयदेखि लघुवित्त क्षेत्र अलि बढी नै समस्यामा परेको अवस्था छ । त्यसैले यसलाई ध्यानमा रोखेर मौद्रिक निति आउनु पर्छ जस्तो लाग्छ । राष्ट्र बैंकले पनि केही प्रक्रिया पनि सोचीरहेको होला ।
राष्ट्र बैंकको तवरबाट कारोबार गर्ने संस्थाहरुलाई स्रोतको सुनिश्चितता हुनुपर्छ । जसले गर्दा संस्थालाई कर्जा लगानी गर्न सहज हुन्छ । यो कुरालाई ध्यानमा राखेर मौद्रिक निति आउदा सहज हुन्थ्यो भन्ने लाग्छ ।
लघुवित्त संस्थाहरु वाणिज्य बैंकको स्रोतमा निर्भर छौं । वाणिज्य बैंकहरुमा पनि अहिले तरलताको अभाव भयो । त्यसले गर्दा हामीले कर्जा पाएनौँ, श्रोतको समस्या धेरै भयो ।
श्रोतको अभाव हुँदा हामीले कर्जा लगानी गर्न सकेनौं । त्यतिमात्रै होइन लघुवित्तसँग लिने व्याज अत्याधिक बढेको अवस्था छ । त्यसैले विशेष गरेर यी समस्याहरु समाधान गर्ने गरी आगामी मौद्रिक नीति आउनु जरुरी छ ।
एउटा स्रोतको सुनिश्चितता र अर्को ब्याजदरको कुरा ब्याजदरलाई मार्केटमा छोड्ने हो की त्यसलाई न्युनीकरण गर्नका लागि केही अरु–अरु उपाय सोच्ने हो ? यी कुराहरु सम्वोधन हुनुपर्छ भनेर हामीले बारम्बार भनिरहेका छौ ।
लघुवित्त बैंकर्स संघका तर्फबाट हामी लिखित सुझाव बुझाउने तयारीमा पनि छौं । सुझावमा भनिने कुराहरु पनि यीनै हुन् । समग्र देशको हितमा कृषिमा जोड दिने साथै आयातलाई कम गर्ने हो । निर्यातलाई प्रोत्साहन गर्ने र भुक्तानी सन्तुलन कायम गर्ने तर्फ हामीले ध्यान दिनुपर्छ ।
विशेष गरी कर्जाको एक डेढ वर्ष यताको वृद्धि जुन छ, त्यो अलि बढी नै भयो की जस्तो मलाई लाग्छ । कर्जा बढी भयो भने फेरी बङगलादेशको त्यो कुरालाई पनि ख्याल गरेर अलिकति कसिलो नीति आउछ कि जस्तो लाग्छ ।
अहिलको केही समयलाई त्यो आवश्यक पनि छ । रोग लाग्नु भन्दा अगाडि नै अलिकति अप्ठ्यारोहरु सहेर अगाडि बढ्यौ भने यसले दीर्घकालीन रुपमा राम्रो प्रभाव पार्छ जस्तो लाग्छ ।
(लघुवित्त वित्तीय संस्थाहरुका सीईओहरुको छाता संस्था लघुवित्त बैंकर्स संघका अध्यक्ष शर्मासँग गरिएको कुराकानीमा आधारित ।)
















