Dhulikhel Eco Banner new

मंसिर मसान्तसम्म मोबाइल, मदिरा र गाडी आयातमा प्रतिबन्ध

5.66K
shares

काठमाडौं, २८ असोज । सरकारले मोबाइल, मदिरा र दुई पाङ्ग्रे तथा चार पाङग्रे सवारी आयातमा लगाएको प्रतिबन्धको समय थप गरेको छ । असोज २८ गते अर्थात आजसम्म ती सामानमा प्रतिबन्ध लगाएको सरकारले यस्तो प्रतिबन्ध मंसिर मसान्तसम्म थप गरेको हो ।

शुक्रबारको मन्त्रिपरिषद बैठकले चार वटा वस्तुमा लगाएको प्रतिबन्ध मंसिर सम्म लब्याउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । विदेशी मुद्राको सञ्चिति माथिको दबाब कायमै रहेको भन्दै सरकारले उक्त ४ वस्तुको आयातलाई रोकेको हो ।

मंसिर मसान्तसम्म मदिरा, ३ सय डलरभन्दा माथीका स्मार्ट फोन, १ सय ५० सीसी भन्दा माथिका मोटरसाइकल तथा कार, जीप, भ्यानको आयात गर्न पाइने छैन । सरकारले विदेशी मुद्राको सञ्चिति कम भएको भन्दै गत वैशाखमा १० प्रकारका वस्तुको आयातमा असार मसान्तसम्म पूर्ण प्रतिबन्ध लगाएको थियो । भदौ १४ गते भने सरकारले हिरा लगायतका ६ प्रकारका वस्तुको आयात फुकुवा गरेको थियो ।