Dhulikhel Eco Banner new

आम्दानीभन्दा दोब्बरले बढ्यो सेवा तर्फको खर्च

3.89K
shares

काठमाडौं, ३० कात्तिक । नेपालीहरुले असोज महिनामा मात्रै विदेश भ्रमणका लागि २६ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार नेपालीहरुले विदेश भ्रमणका लागि २६ अर्ब ४ करोड खर्च गरेका हुन् । यो खर्च आम्दानीभन्दा दोब्बरले बढी भएको हो ।

समीक्षा अवधिमा खुद सेवा आय २१ अर्ब ७० करोड घाटामा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । यस्तो आय अघिल्लो वर्षको सोही अवधिमा २३ अर्ब ३४ करोड रहेको थियो । समिक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण आय ११०.४ प्रतिशतले वृद्धि भएको छ । विदेशी पर्यटकबाट असोज महिनामा ११ अर्ब ४१ करोड आम्दानी भएको छ । पर्यटकको आवागमनबाट हुने आम्दानीभन्द खर्च धेरै भएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.५ अर्ब ४२ करोड रहेको थियो ।

समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय पनि ६२.३ प्रतिशतले वृद्धि भई २६ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १६ अर्ब ४ करोड रहेको थियो । चालु आर्थिक वर्षको असोज महिनामा शिक्षातर्फको व्यय १७ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय ८ अर्ब ९२ करोड रहेको थियो ।