७ महिनाकाे अवधिमा ७ अर्ब बढीको मोटरसाइकल आयात
वि.सं.२०७९ फागुन २३ मंगलवार १०:५१
shares

काठमाडौं, २३ फागुन । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा नेपाललले ७ अर्ब बढीको मोटरसाइलक तथा स्कुटर आयात गरेको छ । यो गत आर्थिक वर्षको तुलनामा करिक ६३ प्रतिशतले कमी हो ।
चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलनामा मोटरसाइकलेको आयातमा ६२.४९ प्रतिशतले कमी आएको विभागको तथ्यांकले देखाएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा ७ अर्ब ३३ करोड ६० लाख रुपैयाँ बराबरको मोटरसाइल आयात भएको छ । गत वर्षको सोही अवधिमा नेपालले १९ अर्ब ११ करोड ६९ लाख रुपैयाँको बराबरको मोटरसाइकल आयात भएको थियो । गत आर्थिक वर्षको ७ महिनाको अवधिमा ९२७ वटा दुई पाङ्ग्रे सवारी आयात भएको थियो भने चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा २२५ वटा दुई पाङ्ग्र सवारी आयात भएको विभागको तथ्यांकले देखाएको छ ।
विदेशी विनिमयको सञ्चिति घटेको भन्दै सरकारले गत आर्थिक वर्षको अन्त्यतिर विलाशीताको वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । जसका कारण दुई पाङ्ग्रे सवारीको आयातमा पनि कमी आएको विभागले जनाएको छ । गत वर्षको पुस महिनादेखि आयातमा कडाइ गरेको सरकारले वैशाखदेखि भने १० वटा वस्तुको आयातमा प्रतिबन्ध नै लगाएको थियो ।
विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ७ महिनामा ४ अर्ब ३० करोड ७६ लाख रुपैयाँको २५ सीसीदेखि १२५ सीसीसम्मको ४८ हजार ७६८ वटा दुई पाङ्ग्रे सवारी साधन आयात भएका छन् । त्यसैगरी, १२५ सीसीदेखि २०० सीसीसम्मका १९ हजार ५४४ वटा, २०० सीसीदेखि २५० सीसीसम्मका १९ सय ८१ वटा, २५० सीसीदेखि ५०० सीसीसम्मका १३२ वटा र २५० सीसीदेखि ४०० सीसीसम्मका ८ सय वटा सवारी साधन आयात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालू आवको ७ महिनामा अवधिमा ५ हजारभन्दा बढीको विद्युतीय दुई पाङ्ग्र सवारी आयात भएका छन् । यो अवधिमा ६८ करोड २८ लाख ४२ हजार रुपैयाँको ५ हजार २६५ वटा दुई पाङ्ग्रे विद्युतीय सवारी साधन आयात भएको विभागको तथ्यांकले देखाएको छ ।



















