Dhulikhel Eco Banner new

डलरको भाउ घट्दा पाउण्ड र युरोको बढ्यो

4.23K
shares

काठमाडौं, १४ वैशाख । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी विनिमयदर अनुसार पाउण्ड र युरोको मूल्य बढेको छ भने अमेरिकी डलरको मूल्य घटेको छ । अघिल्लो दिन बढेको डलरको मूल्य सामानय घटेको हो भने युरो र पाउण्डको मूल्य अघिल्लो दिन जस्तै आज पनि बढेको हो ।

बिहीबार अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ५३ पैसा र बिक्रीदर १३१ रुपैयाँ १३ पैसा रहेको छ । अघिल्लो दिन डलरको खरिददर १३० रुपैयाँ ७७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३७ पैसा रहेको थियो ।

त्यस्तै बिहीबार पनि पाउण्डको मूल्य बढेको छ । आज पाउण्डको खरिददर १६१ रुपैयाँ १ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७६ पैसा पुगेको छ । अघिल्लो दिन पाउण्डको खरिददर १६२ रुपैयाँ ७१ पैसा र बिक्रदर १६३ रुपैयाँ ४६ पैसा रहेको थियो । बिहीबार युरोको मूल्य पनि बढेको छ । आज युरोको खरिददर १४४ रुपैयाँ १९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८५ पैसा पुगेको छ । अघिल्लो दिन भने युरोको खरिददर १४४ रुपैयाँ ७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७३ पैसा रहेको थियो ।

राष्ट्र बैंकले बिहीबारका लागि जारी गरेको विनिमयदर अनुसार अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ १८ पैसा र बिक्रीदर ८६ रुपैयाँ ५७ पैसा, क्यानेडियन डलरको खरिददर ९५ रुपैयाँ ७६ पैसा र बिक्रीमा ९६ रुपैयाँ २० पैसा, सिंगापुर डलरको खरिददर ९७ रुपैयाँ ७६ पैसा र बिक्रीमा ९८ रुपैयाँ २१ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९ रुपैयाँ ८३ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ८० पैसा र बिक्रीदर ३४ रुपैयाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८९ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७१ पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ २९ पैसा र बिक्रीदर २९ रुपैयाँ ४२ पैसा रहेको छ ।