कुन देशको विनिमयदर कति ?
वि.सं.२०८० जेठ ७ आइतवार ०६:४८
shares

काठमाडौं, ७ जेठ । नेपाल राष्ट्र बैंकले आइतबार लागि जारी गरेको विदेशी विनिमयदर अनुसार अधिकांश विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ । आइतबार शनिबारकै मूल्यमा विदेशी मुद्राको विनिमयद भइरहेको हो ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनियमदर अनुसार अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको छ । त्यस्तै आज पाउण्डको खरिददर १६४ रुपैयाँ १ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७५ पैसा रहेको छ । आइतबार युरोको खरिददर १४२ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा रहेको छ ।
त्यस्तै राष्ट्र बैंकले शनिबार लागि जारी गरेको विनिमयदर अनुसार अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८८ रुपैयाँ २२ पैसा, क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ९१ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३६ पैसा, सिंगापुर डलरको खरिददर ९८ रुपैयाँ १० पैसा र बिक्रीमा ९८ रुपैयाँ ५५ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० पैसा रहेको छ ।
साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ १९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३५ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३८ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३६ रुपैयाँ १० पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ ८ पैसा र बिक्रीदर २९ रुपैयाँ २१ पैसा रहेको छ ।
डलरको मूल्य बढ्दा नेपालले तिर्नु पर्ने विदेशी ऋणको साँवा र व्याज तथा आयात गर्नु पर्ने वस्तुका लागि बढी रकम खर्च पर्ने हुन्छ । जसको प्रभाव नेपालीको भान्सामै पर्ने अर्थविद्हरुको भनाइ छ ।



















