Dhulikhel Eco Banner new

सीएनआईको अध्ययन रिपोर्ट : ५ महिनामा १६ हजार बढी कालोसूचीमा

4.13K
shares

नेपाल उद्योग परिसंघ (सीएनआई)ले अध्ययन रिपोर्टअनुसार ५ महिनामा १६ हजार ४६० वटा कालोसूचीमा परेको देखाएको छ। सीएनआईले पहिलो त्रैमासिकमा उद्योगहरुको अवस्थाबारे गरेको रिपोर्ट अनुसार त्यस्तो देखिएको परिसंघका अध्यक्ष राजेश अग्रवालले जानकारी दिए ।

आर्थिक वर्ष २०७८/७९ मा १२ हजार ८८९ वटा र आव २०७९/८० मा २६ हजार ८६० व्यक्ति तथा कम्पनी कालोसूचीमा परेको जानकारी दिए । यो वर्षको पाँच महिनाको अवधिमै १६ हजार ४६० व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका छन् ।

‘साँच्चै कालोसूचीमा कति छन् भन्ने हुन्छ । कतिपय कम्पनीहरु कालोसूचीमा हुन्छन् भने कतिपय कालोसूचीबाट बाहिरिसकेको हुन्छ,’ अध्यक्षले भने, ‘हालसम्ममा ६९ हजार ७७५ व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका छन् ।’

यद्यपी बैंकको ऋण नतिरेको कारणले भन्दा काटिएका चेकमा पर्याप्त रकम नहुँदा कालोसूचीमा पर्ने कम्पनी धेरै छन् ।

चालु आर्थिक वर्षमा कम्पनीहरु कालोसूचीमा परेको अवस्थाले पनि अर्थतन्त्रको चित्र देखाउने उनको भनाइ छ ।