Dhulikhel Eco Banner new

बूढीगङ्गामा मतदान सकियो

4.46K
shares

काठमाडौं, २३ असार । बाजुराको बूढीगङ्गा नगरपालिकामा मतदान सकिएको छ । चुनावमा ६६ दशमलव ७५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । दिउँसो केहीबेर विवाद भए पनि पछि सामान्य तरिकाले नै मतदान सम्पन्न भएको हो ।

आज बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो । मतदान सकिएपछि अहिले मतपेटिका सङ्कलनको कार्य भइरहेको छ ।

गएको वैशाख ३० मा यहाँ पालिका चुनाव भए पनि बुथ कब्जा भएको भन्दै विरोध भएपछि निर्वाचन आयोगले फेरि आज चुनाव गर्ने निर्णय गरेको थियो । कांग्रेसबाट बूढीगङ्गाको मेयरमा रङ्गबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँले उम्मेदवारी दिनुभएको छ ।