Dhulikhel Eco Banner new

राजावादीसँग सहकार्य गरेको एमालले गणतन्त्र सिध्याउँछ : सभापति मर्जजन (भिडियो सहित)

5.06K
shares

काठमाडौं, ३० असोज । काठमाडौं क्षेत्र नम्बर ९ का नेपाली कांग्रेसका सभापति तथा बाम लोकतान्त्रिक गठबन्धनको चुना परिचाल समितिका संयोजक जयकृष्ण महर्जनले लोकतन्त्रलाई संस्थागत गर्नका लागि गठबन्धन बनेको बताएका छन् । केटिएम भ्वाइससँगको कुराकानीका क्रममा संयोजक महर्जनले प्रतिगामी शक्तिलाई प्ररास्त गर्नका लागि गठबन्धन बनेकाले सबैले सहयोग गर्नु पर्ने बताएका हुन् ।

सत्तारुढ गठबन्धन संविधानको रक्षाका लागि निर्माण भएको भन्दै एमालेले प्रतिगामीको नेतृत्व गरिरहेको उनको आरोप थियो । यदि एमालेले नेतृत्व गरेको शक्तिलाई विजयी गराउँने हो भने गणतन्त्र खतरामा पर्ने उनको भनाइ छ । एमालले राजा ल्याउनु पर्छ भन्ने सँग सहकार्य गरिहेको भन्दै यो पटक एमालेलाई परास्थ गर्नु पर्ने उनले बताए ।

एमालले जित्दा गणतन्त्र नै धरापमा पर्ने उनको तर्क थियो । एमाले आफू सत्तामा कसरी पुग्ने भन्ने विषयमा मात्रै सोचेको भन्दै यस तर्फ सबै चनाखो हुनु पर्ने उनले बताए ।