झिनो अंकले बढ्यो शेयर बजार, कारोबार रकम घट्यो
वि.सं.२०८२ पुस ३० बुधवार १५:१०
shares

काठमाडौं, ३० पुस । बुधवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार १.५२ अंकले बढेर २६४१ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १२५ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको स्थिर रहेको छ । यसदिन ६ अर्ब २० करोडको कारोबार भएको हो ।
झिनो अंकले बढेको शेयर बजारमा सुपर माडी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.९४ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी ९ प्रतिशत आइसिएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८८का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ३.३० प्रतिशतका दरले गुमाएका छन् ।
















