झिनो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ पुस ३० बुधवार १५:२१
shares

काठमाडौं, ३० पुस । बुधवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार १.५२ अंकले बढेर २६४१ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १२५ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको स्थिर रहेको छ । यसदिन ६ अर्ब २० करोडको कारोबार भएको हो ।
झिनो अंकले बढेको शेयर बजारमा सुपर मादी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.९४ प्रतिशतका दरले कमाएका छन् ।
यसदिन थ्रिस्टार हाइड्रोपावरका लगानीकर्ताले ८.२३ प्रतिशतका दरले कमाएका छन् भने एनएमबी माइक्रोफाइनान्सका लगानीकर्ताले ७.३४ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी गुडवील फाइनान्सका लगानीकर्ताले ५.७३ प्रतिशतका दरले कमाएका छन् भने सिटीजन्स म्युचुअल फन्डका लगानीकर्ताले ४.९० प्रतिशतका दरले कमाएका छन् ।
















