Dhulikhel Eco Banner new

शेयर बजारमा १४ अर्ब ८३ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

1.55K
shares

काठमाडौं, १० चैत । शेयर बजारमा १४ अर्ब ८३ करोडको कारोबार हुँदा राधी विद्युतको सर्वाधिक कारोबार भएको छ। उक्त कमपनीको ६७ करोड ४३ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन अपि पावरको ५७ करोड ८७ लाख रुपैयाँ कारोबार भएको छ भने जलविद्युत लगानी र विकासको ४५ करोड ७० लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी ङादी ग्रुप पावरको ४१ करोड ३१ लाख रुपैयाँ कारोबार भएको छ भने शिवम सिमेन्टको ३९ करोड १० लाख रुपैयाँ कारोबार भएको छ ।