Dhulikhel Eco Banner new

नेप्सेमा सुपर खुदी हाइड्रोपावरको आईपीओ सूचीकृत

1.74K
shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुपर खुदी हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) सूचीकृत भएको छ। मंगलबार कम्पनीका एक करोड ५५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएका हुन्।

कम्पनीले गत फागुन ५ गतेदेखि ११ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ लाख ८६ हजार ५ सय कित्ता आईपीओ जारी गरेको थियो। उक्त आईपीओमा लगानीकर्ताबाट उल्लेख्य आवेदन परेको थियो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेन्ज निर्धारण गरेको छ। शेयर सूचीकृत भएसँगै कम्पनीको दोस्रो बजारमा कारोबार सुरु हुने भएको छ।

बुधबार स्पेसल प्रि–ओपन सेसनमार्फत कम्पनीको पहिलो कारोबार हुने नेप्सेले जनाएको छ।