दोहोरो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ चैत १२ बिहीवार १५:२१
shares

काठमाडौं, १२ चैत । बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.२१ अंकले बढेर २,९५० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १७८ कम्पनीको शेयर मूल्य बढेको छ भने ८० कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको स्थिर रहेको छ । यसदिन १३ अर्ब १६ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा रिलायन्स स्पिनिङ मिल्स र सुपर खुदी, होटर फरेस्ट इनका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।



















