उच्च अंकले बढेको शेयर बजारमा यी ७ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ चैत २६ बिहीवार १५:२२
shares

काठमाडौं, २६ चैत । बिहीवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ४८.७१ अंकले बढेर २,८५१ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २५१ कम्पनीको शेयर मूल्य बढेको छ भने १६ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन ९ अर्ब ९१ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी लिमिटेड, सोलु हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ५ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी होटल फरेस्ट इन लिमिटेडका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने सुपर खुदी हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।


















