जनउत्थान लघुवित्तको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०७९ असोज ३० आइतवार १३:३०
4.47K
shares
shares

काठमाडौं, ३० असोज । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि संस्थापक शेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले यम बहादुर बिकको नाममा रहेका २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयरको मूल्य ९ सय रुपैयाँ तोकिएको छ । उक्त संस्थापक शेयर खरीद गर्न ईच्छुक व्यक्तिरसंस्थाले सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बुटवल–१२, कालिकानगर, रुपन्देहीमा निवेदन दिनुपर्नेछ ।
















