चुनाव लगतै १५ अर्बको आईपीओ पाइपलाइनमा
वि.सं.२०७९ कात्तिक २७ आइतवार ०९:५८
shares

काटमाडाडैं, २७ कात्तिक । संघीय र प्रदेश सभाको चुनाव लगतै विभिन्न ३६ वटा कम्पनीको आईपीओ सर्वसाधारणका लागि बिक्री खुल्ला हुने भएको छ । ३६ वटा कम्पनीको १५ अर्ब बढीको आईपीओ अहिले पाइपलाइनमा रहेको हो ।
पाइपलाइनमा रहेका कम्पनीमध्ये २६ वटा जलविद्युत कम्पनी रहेका छन् । सबै कम्पनीको गरेर १५ अर्ब ९ करोड ७ लाख १८ हजार बराबरको आईपीओ जारी गर्ने छन् । पछिल्लो समय लगातार जलविद्युत् क्षेत्रमा लगानी विस्तार भएको सन्दर्भमा साधारण शेयर बिक्री गर्ने कम्पनीको संख्यामा पनि वृद्धि भइरहेको छ ।
अहिले आईपीओ पाइपलाइनमा रहेका कम्पनीहरुमा मोदी इनर्जी, मेछ्याङ हाइड्रोपावर, अप्पर लोहारे हाइड्रोपावर, माईखोला हाइड्रोपावर, चिर्खुवा हाइड्रो, भूगोल इनर्जी, अप्पर स्याङ्गे, रेवा इनर्जी, सगरमाथा इनर्जीलगायतका जलविद्युत् कम्पनीले साधारण शेयर बिक्री गर्ने तयारी गरेका हुन् । यस्तै रिलायवल लाइफ इन्स्योरेन्स, मुक्तिनाथ कृषि कम्पनी, सर्वोत्तम सिमेन्ट, सोनापुर मिरल्स, नेपाल रिपब्लिक मिडिया, डिस मिडिया नेटवर्क, हाथवे इन्भेष्टमेन्ट, सिटी होटल, घोराही सिमेन्टले पनि साधारण शेयर बिक्रीको तयारी गरेका छन् ।
बोर्डका अनुसार बिपीडब्ल्यु लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था पनि साधारण शेयर बिक्रीको प्रतिक्षामा छन् ।



















