Dhulikhel Eco Banner new

एक दिन पनि टिकेन शेयर बजारको हरियाली, करिब ६ अंकको गिरावट

4.34K
shares

काठमाडौं, ६ पुस । शेयर बजार कारोबार हुने हप्ताको चौथो दिन नेप्से परिसूचकमा गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकको वृद्धि भएको शेयर बजार आज करिब ६ अंकले घटेको हो ।

बुधबार शेयर बजार परिसूचक ५ दशमलव ८९ अंकले घटेर १८६७ दशमलव २२ अंकमा पुगेको छ । मंगलबार भने नेप्से परिसूचक १२ दशमवल ९५ अंकले बढेको थियो । बुधबार २५२ कम्पनीका २४ लाख ४० हजार ३०७ कित्ता शेयर कारोबारबाट ८६ करोड ३८ लाख १६ हजार ५६१ रुपैयाँको कारोबार भएको छ ।

बुधबार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ३१ अंकले घटेको छ । सेन्सेटिभ इन्डेक्स बुधबार ३६५ दशमलव ३४ विन्दुमा पुगेको छ । अघिल्लो दिन केही सुधार भएको शेयर बजार २४ घण्टापछि नै पुनः ओरालो लागेको हो ।