एशियन हाइड्रोपावरको आईपीओ आइतबार बाँडफाँट हुने
वि.सं.२०७९ फागुन १२ शुक्रवार १५:४४
shares

काठमाडौं, १२ फागुन । एशियन हाइड्रोपावर लिमिटेडले जारी गरेको आईपीओ आइतबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आइतबार बिहान ९ बजे क्यापिटल कै कार्यालयमा बाँडफाँट गर्न लागेको हो ।
कम्पनीले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ६ लाख ९७ हजार २ सय कित्ता शेयर निष्काशन गरेको हो । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि दिन सकिन्थ्यो ।
कम्पनीले यस अघि नै श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली श्रमिकलाई र आयोजना प्रभावितलाई स्थानीयलाई आईपीओ निष्काशन गरिसकेको छ । त्यस्तै कम्पनीले सामुहिक लगानी कोष योजनाहरुलाई ४२ हजार कित्ता शेयर बाँडफाँट गरिसकेको छ ।
कम्पनीले कम्पनीमा कार्यरत स्थानीयलाई १६ हजार ८ सय कित्ता शेयर छुट्याएर बाँकी रहेको ६ लाख ९७ हजार २ सय कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको हो ।
यस कम्पनीले इलाममा ६.२ मेगावाटको लोवर जोगमाई खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७८ कार्तिक १५ देखि व्यापारिक उत्पादन गरिरहेको छ ।















