बागमतीमा चार करोड ३४ लाख माछा र भुरा बिक्री
वि.सं.२०७९ फागुन १२ शुक्रवार १६:३५
shares

काठमाडौं, १२ फागुन । हेटौँडाको प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्रले चालु आर्थिक वर्षको हालसम्म चार करोड ३४ लाखभन्दा बढी माछाका भुरा उत्पादन गरी बिक्री गरेको छ ।
मकवानपुरस्थित कार्यालयका अनुसार किसानको मागबमोजिम विगतको तुलनामा माछाको भुरा उत्पादन र बिक्री बढ्दै गएको हो ।
प्रत्येक वर्ष तीन करोडदेखि तीन करोड ३४ लाख माछाका भुरा उत्पादन तथा बिक्री हुँदै आएकामा कार्यालयमा भएका पोखरी मर्मत तथा सुधार गरिएपछि यस वर्ष माछा र भुराको उत्पादन वृद्धि भएको हो ।
कार्यालय प्रमुख सरोज यादवले थप भुरा र माछा उत्पादनका लागि पोखरीको क्षमता विकास, सरसफाइ, मर्मत र निर्माणलाई निरन्तरता दिइएको जानकारी दिए । कार्यालयको हातामा रहेको माछा फार्मबाट सात जातका विकासे माछाको भुरा बिक्री गरिन्छ ।















