Dhulikhel Eco Banner new

आईपीओ जारी गर्न आर्दश लघुवित्तले पायो अनुमति

13.21K
shares

काठमाडौं, ११ जेठ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीयो बिक्री गर्ने भएको छ ।

पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्काशन आईपीओ बिक्री गर्न अनुमति दिएको छ ।

बोर्डले जेठ १० गते मंगलबार उक्त संस्थालाई आइपीओ जारी गर्न अनुमति प्रदान गरेको हो । सेबोनले आदर्श लघुवित्तलाई अंकित मूल्य १०० रुपैयाँ दरका ६७ हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो ।