Dhulikhel Eco Banner new

हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिनुभयो ?

4.68K
shares

काडमाडौं, १८ मंसिर । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले मंसिर ४ गतेदेखि विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो।

कम्पनीले हाल कायम जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको थियो। सोमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३० लाख कित्ता शेयर निष्काशन गरेको हो।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा शेयर निष्काशन गरेको हो। कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।