एनआईसी एशिया ग्रोथ फण्ड २ मा आवेदन दिने आज अन्तिम दिन
वि.सं.२०८० मंसिर १८ सोमवार १०:५०
3.95K
shares
shares

काठमाडौं, १८ मंसिर । एनआईसी एशिया क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको एनआईसी एशिया ग्रोथ फण्ड २ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको छ । क्यापिटलले ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो।
उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने छन्।
फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।



















