शेयर बजार १९८ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८१ फागुन २० मंगलवार १५:४७
shares

काठमाडौं, २० फागुन । मंगलवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ३०.३६ अंकले घटेर २,८४६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ४१ कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन १२ अर्ब ९४ करोडको कारोबार भएको हो ।
उच्च अंकले घटेको शेयर बजारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
शेयर बजारमा सिन्धु विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।
यसदिन सिर्जनशिल लघुवित्तका लगानीकर्ताले ९ प्रतिशतका दरले गुमाएका छन् भने नेपाल रिपब्लिक मिडियाले ७.४६ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी, समाज लघुवित्तका लगानीकर्ताले ५.८७ प्रतिशतका दरले गुमाएका छन् भने अभियान लघुवित्तले ५.८३ प्रतिशतका दरले गुमाएका छन् ।
















