Dhulikhel Eco Banner new

शेयर बजारमा ५ अर्ब ६३ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

2.55K
shares

काठमाडौं, २८ चैत । शेयर बजारमा ५ अर्ब ६३ करोड बढिको कारोबार हुँदा राद्यी विद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ३५ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

यसदिन एनआरएनको ३५ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्स कम्पनीको ३० करोड ५० लाख रुपैयाँको कारोबार भएको छ ।

सीएचडीसीको २९ करोड २२ लाख रुपैयाँको कारोबार भएको छ भने न्यादी जलविद्युतको २६ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ ।