Dhulikhel Eco Banner new

झिनो अंकले बढ्यो शेयर बजार, घट्यो कारोबार रकम

1.81K
shares

काठमाडौं, १० असार । मंगलवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार १.०८ अंकले बढेर २,६०१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १०७ कम्पनीको शेयर मूल्य बढेको छ भने १४२ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ५ अर्ब ७६ करोडको कारोबार भएको हो ।

झिनो अंकले बढेको शेयर बजारमा ओम मेगाश्री फार्मास्यूटिकल्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ८.०१ प्रतिशतका दरले बढेको छ ।

त्यस्तै, १० प्रतिशत एनआईसी एशिया डिबेन्चर २०८५र८६का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ५.१७ प्रतिशतका दरले गुमाएका छन् ।