सम्पर्क विहीन तारा एयरमा को–को थिए ?
वि.सं.२०७९ जेठ १५ आइतवार ११:१४
7.14K
shares
shares
File Picture
काठमाडौं, १५ जेठ । तरा एयर सम्पर्क विहिन भएसँगै अहिले सर्वत्र चासो बढेको छ । आइतबार विहान पोखराबाट जोमसोमका लागि उडेको तराएयरको ९ एनएईटी ट्विनअटर सम्पर्क विहीन बनेको थियो ।
विमानमा क्याप्टेन प्रभाकर घिमिरेले, विमान परिचालिका किस्मी थापा र चालक दलका अर्का सदस्य उत्सब पोखरेल थिए । विमानमा अन्य यात्रु १६ नेपाली र ६ विदेशी सवार भएको खुलेको छ ।


















