टियुमा राती पनि क्रिकेट खेल्ल सकिने
वि.सं.२०७९ जेठ १५ आइतवार १७:३५
5.14K
shares
shares
फाइल फोटो
आगामी आर्थिक वर्षदेखि टियु क्रिकेट मैदानमा रातीको समय पनि खेल खेलाउन सकिने भएको छ । सरकारले आगामी आर्थिक वर्ष भित्र यो खेल मैदानमा रातीको समयमा पनि खेल्न सक्ने गरी स्तरउन्नत गर्ने बताए पछि अब राती पनि क्रिकेट खेल्न सकिने भएको हो ।
यसका लागि आवश्यक बजेट विनियोजन गरेको आइतबार संघिय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९–०८० को आयव्यय प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बताएका हुन् ।

















