Dhulikhel Eco Banner new

एकैदिन प्रतितोला ५ हजार ४ सयले बढयो सुनको मुल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

637
shares

काठमाडौं, ६ साउन । स्थानीय बजारमा बुधबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य ५ हजार ४ सयले बढेको छ।

महासंघका अनुसार सुन मंगलबार प्रतितोला २ लाख ८५ हजार ६ सय मा कारोबार भएको सुन बुधबार बढेर प्रतितोला २ लाख ९१ हजार मा कायम भएको छ ।

त्यसैगरी, बुधवार चाँदीको मूल्य १ सय १० रुपैयाँले बढेको छ । मंगलवार ४ हजार ३ सय ७० मा कायम भएको चाँदी बढेर बुधवार ४ हजार ४ सय ८० मा कायम भएको हो ।