GBIME

रोकिएन शेयर बजार घट्ने क्रम, आज १२ अंकको गिरावट

972
shares

काठमाडौं, २ कात्तिक । कात्तिक महिनाको पहिलो साता पनि शेयर बजार ओरालो लागेको छ । आज नेप्से परिसुचक १२ दशमलव ८१ अंकले ओरालो लागेको छ ।

बुधबार नेप्से परिसुचक शुन्य दशमलव ६९ ले घटेर १८४५ दशमलव ५१ को विन्दुमा पुगेको छ ।

नेप्से परिसुचकसँगै ‘क’ वर्गको बारोबार मापन गर्ने सेन्सेटिभ इक्डेक्स पनि २ दशमलव ६६ अंकले ओरालो लागेको छ । आज दिनभर भएका २० हजार २ सय ७४ कारोबारबाट २१६ कम्पनीका २१ लाख ५१ हजार ७ सय १४ कत्ता शेयर किनबेच भएका छन् ।

जसबाट आज भएको सम्पूर्ण कारोबार रकम ६४ करोड ३६ लाख ७ हजार ९ सय ७५ पुगेको छ ।